आमा
हिउद नजादै
छड्के तिलहरी लगाएर
रत्यौलीमा नाच्न चाहन्छिन
आमा
आगनमा
मेरो बाजा बजाउन चाहन्छिन
मैले भनेको छैन आमालाई
म
पहिले नै बाङ्गिएको जिन्दगीलाई
सपनाका रत्यौलीमा
नचाइरहेछु
मैले भनेकै छैन
आमा
यो काठमाडौँमा
बाजा बजाउनै पर्दैन
आफै बज्छ
हरेक दिन !
-------
अमिर सुबेदी
२०७०/१०/१०
हिउद नजादै
छड्के तिलहरी लगाएर
रत्यौलीमा नाच्न चाहन्छिन
आमा
आगनमा
मेरो बाजा बजाउन चाहन्छिन
मैले भनेको छैन आमालाई
म
पहिले नै बाङ्गिएको जिन्दगीलाई
सपनाका रत्यौलीमा
नचाइरहेछु
मैले भनेकै छैन
आमा
यो काठमाडौँमा
बाजा बजाउनै पर्दैन
आफै बज्छ
हरेक दिन !
-------
अमिर सुबेदी
२०७०/१०/१०
No comments:
Post a Comment