Search This Blog

Nov 4, 2010

कल्ब्रेक जिन्दगी


अचेल जिन्दगी कल्ब्रेकको खेल भाको जस्तो लाग्छ!!


तलब आउदा हुकुमको एक्का परे जस्तो लाग्छ
२/४ दिन त कसैलाई गनिदैन
काउली तरकारी भनिदैन
तेस्को चार दिन मै तुरूप बाद भन्न मन लाग्छ

राम्री केटि भेटेमा पानको एक्का परे झैँ लाग्छ
सोच्छु मिस्सीलाइ जसरि नि हात पारौला
तर क्यार्नु पानको पहिलो खेलमै कोहि तुरुप डुक्राइदिन्छ  
मनको लड्डु खान नपाउदै मनमै टुक्राइदिन्छ  

परीक्षाको फारम भर्न आफै चिडको बास्सा बने
यसपाली त लक्की सेवेन आउनु पर्छ भने
तर आफ्नो रिजल्ट सधै दुक्की हो कि कस्तो
माथि नि तारा जस्तो तल पनि तारा जस्तो

साथि सबै इटका गुलाम कति सारो पेल्छन
दहर फाली मिस्सी झार्ने कति रुखो खेल्छन
तेती मात्र कहाँ हो र बास्सा पनि झार्छन
मलाई त जैले नि एक हात गोलो पार्छन

यहि हो यार मलाई त् जिन्दगि कल्ब्रेक जस्तो लाग्छ !

2 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. आउंदा जाँदा बाटामा तिम्रो मुहार दिदै गर्नु है
    मुहारमा अलिकता मिसाएर प्यार दिदै गर्नु है

    तिम्रो मुटु बिसाउन म मेरो बृक्ष दिउँला तिम्लाई
    ई आखालाई च्याख्न तिमी मौरिको घार दिदै गर्नु है

    आज मागुँल,भोलि मागुँला गर्दागर्दै पर्सि पनि
    तिमी झर्को न मानिकन बारबार दिदै गर्नु है

    मेरो रहरको जिवीका चल्नै छाड्यो रे यो मुटुमा
    म र मेरो रहर बाँच्न तिम्रो संसार दिदै गर्नु है

    झम्काभेट नहुनु थियो,भयो,अब भएपछि
    सेरुलाई भुलाउन सौंदर्यको बजार दिदै गर्नु है
    Incoming search terms

    ReplyDelete