Feburary 22, 2010
एका बिहानै फोनको घन्टी बज्यो! "ओए के छ?" मेरो एक जना साथि रै'छ।"ठिकै छ यार ! केही स्पेसल छ र?" मैले भने,
"खासै छैन! आज यस्सो फिलिम हेर्न जाउ भनेर तलाई सम्झेको नि!"
" म त भ्याउदिन यार्! अफिस् जानु पर्छ!"
"आज पनि जानुपर्ने?"
"पर्यो नि किन र?"
"कस्तो अफिस् रै'छ त बन्द को दिन पनि बिदा नहुने ?"
यो त मैले आज बिहान गरेको सामान्य कुराकानी मात्रै हो । यसको बिषय थियो आजको उपत्यका बन्द ।
बिगत केही महिनादेखि आफ्नो माग पुरा गराउनको लगि बढ्दै गएको बन्द गराउने प्रचलनले गर्दा हामी सबैले दुख त पाइ नै रहेका छौ। तर कहिले पनि सोचेका छौ त 'बन्द गराउन मा हामी Individual चाँही कतिको जिम्मेवार छौ? '
"शायद कसैले!"
म यो कुरा किन लेखिरहेको छु भने म कुनै राजनीतिक बिष्लेशक होइन न कुनै जिम्मेवार पद म आसिन पदाधिकारी वा बन्द को आवाहनकर्ता नै! मात्र यसकारण कि मलाई यस्तो लाग्दै छ । मलाई लाग्छ यि बन्द अनि हडताल को संख्या बढ्नुमा हाम्रो पनि केही न केही भूमिका छ ।
जब कुनै पार्टी वा संगठनले बन्दको घोषणा गर्छ अनि हामी साथीभाइ मिलेर चिएर्स् गर्दै उक्त दिनको लागि एक दिने वा आबश्यकता अनुसारको कार्यक्रम निर्धारण गर्छौ । यस्तो गर्ने, यहाँ जाने, आदी आदी! बन्द हुनुलाई हामी एक दिन बिदा थपिएको ठान्छौ अनि गुड फ्राइडे जस्तै गुड बन्द डे को तयारी मा जुट्छौ । यसरी हामी बन्द र हड्ताल लाई मौन रुपमा खुले आम समर्थन जनाइदिन्छौ अनि थपिन्छन् अर्को, अर्को अनि अर्को बन्द , हड्ताल्, घेराउ इत्यदि! हाम्रो लाचार प्रशासन सडक मा भेला भएका ८/१० जना मान्छेले गरिरहेको तमाशा हेरेर बस्छ तर त्यसको कारण दु:ख पाइरहेका हज्जारौ जनताको सुबिधा को लागि एक पाइला पनि कदम चाल्दैन!कोसिस सम्म नि गर्दैन! हामी त्यसलाई पनि समर्थन दिन्छौ बन्द को बिरोधमा बन्द गरेर्! हरे हामी!
अनि फेरी भोली पल्ट कफी सप मा गफ गर्न थाल्छौ "फलानाले यो दिन बन्द गर्ने रे!" "बन्दमा यति बस जलेछन्, यति एम्बुलेन्स फुटाइएछन्, कति पक्राउ परे,त्यसको बिरोधमा अर्को आन्दोलन को आधिबेहोरि ल्याउने रे" आदि, आदि ।
अनि फेरी सुरु हुन्छ त्यही श्रींखला बन्द, समर्थन अनि फेरी बन्द ! त्यसपछि एकबिहानै साथी ले फोन मा मलाई भन्नेछ " कस्तो अफिस् रै'छ यार तेरो बन्द को दिन पनि बिदा नहुने ? "
haha fucche... k ho yesto desh ko barema bislesan garni yar...
ReplyDelete